बाबुद्वारा बलात्कृत बालिकालाई घर फर्कन समस्या
###

 खोटाङ, चैत्र १० - बाबुद्वारा बलात्कृत खोटाङकी एक १४ वर्षीया बालिका समाजमा पुनःस्थापना हुन सकेकी छैनन् । बालसेवा समाज नेपालद्वारा सञ्चालित महिला तथा बालबालिका पुनःस्थापना केन्द्रको संरक्षणमा रहेकी बालिकालाई घर र्फकन समस्या परेको छ ।

पीडित बालिकाले आफ्नै गाउँमा बस्ने ईच्छा भएपनि दुब्र्यवहार हुनसक्ने भयले पुनःस्थापना हुन नसकेको जिल्लास्थित सरोकारवाला निकायबीच गुनासो गरेकी छन् । उनले भनिन्,'घरमा गएर त बस्छु तर समाजले मलाई स्वीकारदैन् कसरी घर जाऊ ।'

यसअघि पीडित बालिकाकी आमा र हजुरबुबा सदरमुकाम आएर बालिकालाई समाजमा पुनःस्थापना गर्न नसक्ने बताएर फर्किएपछि थप समस्या भएको बालसेवा समाज नेपालका अध्यक्ष दीपनारायण रिजालले बताए । उनी फागुन-२ गतेदेखि केन्द्रको संरक्षणमा छिन् ।

जिल्ला बाल कल्याण समिति अधिकृत रविन राईले बालिकालाई समाजमा पुनःस्थापना गराउन आफूहरुले सक्दो पहल गरिरहेको भएपनि सफल नभएको बताए ।

महिला तथा बालबालिका अधिकृत समीक्षा निरौलाले समाजमा पुनःस्थापना गराउँदा कसैले बिरोध गरे कानूनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए । उनले भने, 'बालिकाको कुनै दोष नभएकाले उनले पुनःस्थापित हुन पाउनु पर्छ ।'

गत माघ २९ गते छोरीलाई बलात्कार गर्ने बाक्सिला-७ का ४० वर्षीय बस्नेत थरका आरोपित जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपितलाई फागुन २ गते पक्राऊ गरेको हो ।



####

0 comments

Write Down Your Comment