विकासविना मुलुकको समृद्धि असम्भव : मन्त्री सिंह
###

 २२ फागुन, कपिलबस्तु । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणविना मुलुक समृद्धिको बाटोमा अघि वढ्न नसक्ने वताएका छन् । उनले संविधानसभाको दोस्रो निर्वाचनपछि बनेको जननिर्वाचित सरकारले मुलुकलाई समृद्धिको बाटोमा लैजान विकास निर्माणका कामलाई प्राथमिकता दिएको वताएका हुन् । बिहीवार विहान कपिलबस्तुको बलरामपुर-हरिहरपुर गाविस जोड्ने पुलको उद्घाटन गर्दै मन्त्री सिंहले स्थानीय निकायको निर्वाचन नहुँदा जनतालाई छिटो र छरितोरुपमा सरकारी सेवा पाउन नसकेको वताए । उनले भने,’१६ वर्षसम्म स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि छैनन् । सरकारी कर्मचारीको भरमा चलेका छन् ।

 त्यसले नागरिकलाई राज्यवाट पाउने सेवा सुविधा पाउन केही अप्ठेरो भएको छ । ‘ उनले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक प्रक्रिया सरकारले सुरु गरिसकेको वताए । सिंहले सुसाशन र भ्रष्टाचार मुक्त शासन पद्धतिलाई अंगालेर अघि बढेको वताए । उनले भने,’गाउँ गाउँमा विकासका भएन भने मुलुक समृद्धि हुन सक्दैन । त्यसैले हामी सरकारमा रहेका मन्त्रीकहरुले विकासका लागि दत्तचित्त भएर काम गछौँ । त्यसमा हामी प्रतिबद्ध छौँ ।’ एक वर्षभित्रैमा लोकतान्त्रिक संविधान जारी गर्ने प्रतिबद्धताका साथ सवै अघि वढ्नु पर्नेमा जोड दिँदै उनले सरकारका तर्फवाट आवश्यक सम्पूर्ण सहयोग रहने वताए ।

 सिंहले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन अझै बाँकी रहेको भन्दै त्यसका लागि सरकारले गृहकार्य गरिरहेको वताए । उनले शान्ति प्रक्रियासँग जोडिएका विषय जस्तै सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोग गठनका लागि सरकार गम्भीर भएको वताए । मन्त्री सिंहले विहीवार नै रुपन्देही पार्टी कार्यलायमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ भने विहीवार दिउँसो रुपन्देही र नवलपरासीको जिल्ला परिषद भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
####

0 comments

Write Down Your Comment