२०७१ सालमा सार्वजनिक बिदा कहिले-कहिले ?
###

 २१ फागुन, काठमाडौं । गृह मन्त्रालयले विसं २०७१ का सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार विसं २०७१ मा ५२ दिन शनिबारको बिदा परेको छ भने १८ दिन पर्व बिदा परेको छ । पर्व बिदामध्ये नयाँ वर्ष, उभौली, जनै पूणिर्मा, गौरा, ईद, छठ, बकर ईद, उधौली, क्रिसमस, तमूल्होसार, माघी, सोनमल्होसार, महाशिवरात्रि, घ्याम्पोल्होसार, अन्तर्राष्ट्रिय महिला दिवस, फागुपूणिर्मा रहेका छन् । जसमध्ये फागुपूणिर्मा, सिरुवा पावनी पर्व, धवथाम्वु छेउचिक पर्व केही सीमित जिल्लामा मात्र रहेको छ ।

त्यसैगरी हरितालिका, ऋषि पञ्चमी, जितिया पर्वको तीन दिनको विदा महिलाका लागि मात्र रहेको छ । वसन्त पञ्चमीको विदा शिक्षण संस्थामा मात्र छ भने गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडे जात्रा काठमाडांै उपत्यकामा मात्र रहेको छ । विजया दशमीमा सात दिन दसैँ बिदा र तिहारमा तीन दिन बिदा रहेको छ । त्यस्तै सात दिन विभिन्न राष्ट्रिय दिवस बिदा रहेको छ जसमा लोकतन्त्र, विश्व मजदुर, गणतन्त्र, निजामती सेवा, अन्तर्राष्ट्रिय अपाङ्ग, सहिद र प्रजातन्त्र दिवस रहेका छन् । विभिन्न धर्मालम्बीका बुद्धजयन्ती, श्रीकृष्ण जन्माष्टमी, गुरु नानक, रामनवमी र महावीर जयन्तीका अवसरमा पाँच दिन बिदा परेको छ
####

0 comments

Write Down Your Comment