खालिङको जिवन रक्षाका लागि कतारबाट झण्डै चार लाख सहयोग
###

 दोहा । यूएईमा मृत्युदण्ड सुनाईएका संखुवासभा मत्स्यपोखरीका अनिस खालिङ राईलाई बचाउनका लागि सुरू गरिएको अभियानलाई कतारबाट ३ लाख भन्दा बढी सहयोग गरिएको छ । ९७ हजार ४ सय बस पठाईएको छ । राईलाई पाकिस्तानीक नागरिकको हत्याको आरोपमा यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त सजायबाट उनलाई बचाउन ब्लडमनी दिनुपर्ने हुन्छ । सोही अनुसार अभियनालाई कतारबाट ३ लाख भन्दा ९७ हजार ४ सय २० रुपैयाँ सहयोग पठाइएको हो । यूएई गएको ६ महिनामै हत्याको अभियोगमा जेलमा परेका उनको आर्थिक स्थिति कमजोर छ ।

 कतारबाट किशोर सुनुवारको संयोजकमा रकम संकलन गरी उक्त अभियानका संयोजक नारद कुमार राई र अनिश खालिङको श्रीमती रबिता खालिङको संयुक्त नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ३७०७०१०००३७०४ मा पैसा पठाईएको हो । संयोजक सुनुवारले सहयोग गर्नुहुने नेपाल तामाङ्ग सेवा समाज , प्रवासी मगर संघ, भुजेल सेवा समाज, नेपाली महिला समाज, किरात रायृ योयोक्खा सुनार सेवा समाज, सुबो घलान, राजेन्द्र थापा, मेख कार्की, ठाकुर बिक, नुमा चाम्लिङ, राम बजगाई, राम वान्तवा, किरण लामा, लोक बहादुर राई,तिर्थ याम्फु राई, गोपाल राई , जय राई, जहर सिं राई , रिम राई, दिल कुमार राइृ, राम बहादुर रायृ, दान पराजुली, सुभराज थापा, नरेन्द्र राई , जित बहादुर राई, मित्र राई, सम्भु दाहाल , मन्चन बस्नेत, बिमल सुनुवार, राम बहादुर मगर, जे.बि. हमाल , प्रेम लामा साथै सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद दिए । उनलाई बचाउनकालाई अभियान सुरु भएसँगै बिभिन्न मुलुकमा रहेका गैर आवासिय नेपाली संघ, प्रवासमा स्थापित संघ संस्थाहरु साथै व्यवसायीहरुले उनको जिवन रक्षाका लागी सहयोग रकम जुटाईरहेका छन् । अनिशलाई सहयोग गर्न चाहानेहरुले उनकी श्रीमती तथा अभियानका संयोजक नारद कुमार राइको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ३७०७०१०००३७०४ मा रकम जम्मा गर्न सक्नु हुनेछ ।
####

0 comments

Write Down Your Comment