प्रहरी महानिरीक्षक अर्याल भारत प्रस्थान
###

 १८ फागुन, काठमाडौँ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल भारत गएका छन् । अर्याल भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि आइतवार अपराहृन त्यसतर्फ प्रस्थान गरेका हुन् । अर्याल नेतृत्वमा गएको टोलीमा अपराध अनुसन्धान विभागका निमित्त प्रमुख सुरेन्द्रबहादुर साह, तालिम निर्देशनालयका अतिरिक्त प्रहरी महानिरीक्षक गणेश राई, विशेष ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक देवेन्द्र सुवेदीलगायतका रहेका छन् । भ्रमणको क्रममा महानिरीक्षक अर्यालले भारतीय गृह सचिव, उच्च सरकारी अधिकारी, दिल्ली महानगरीय प्रहरी प्रमुख, सिबीआई प्रमुख, पटना र लखनउ प्रहरी प्रमुख तथा सीमा सुरक्षा बलका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम छ
####

0 comments

Write Down Your Comment