चोरिएको मोबाइलको बील १० लाख !
###
![]() |
चोरिएको मोबाइल भेटिँदा खुसी हुने धेरै छन् । तर चोरिँदाभन्दा भेटिएपछि तनावमा छन् एक जापानी युवा । फुकुओका निवासी ओमोमो अहिले मोबाइल चोरिएको एक महिना अवधिमा उठेको बील रकम तिर्नुपर्दा निकै चिन्तित छन् । युरोपको यात्रामा निस्कँदा उनको मोबाइल सेट बार्सिलोना-स्पेन मार्गमा चोरिएको थियो । डिसेम्बर २९ मा चोरिएको उनको मोबाइल चोरले फोन गरेर ९ हजार ८ सय डलर बील उठाइदिएका थिए । ‘मेरो निधारको चोइटा निस्केको महसुस गरेको छु’ उनले ट्वीटरमा भनेका छन् । बील भुक्तानी गर्न नसक्ने विषयमा उनले टेलिकम र प्रहरी दुबैलाई जानकारी गराएका छन् । ‘चोर भेटियो भने सबै बील उसैलाई तिराउनुपर्छ’ ट्वीटरमार्फत् उनले भनेका छन् ‘तर चोर भेटिने सम्भावना निकै कम छ ।’
####
0 comments
Write Down Your Comment