अनेकसको दोस्रो इनास फिल्म अवार्ड नेदरल्याण्डसमा हुने
###

 आम्सर्टरडम ।  अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले दोस्रो इनास फिल्म अवार्डका साथ फिल्म महोत्सबको आयोजना गर्ने भएको छ । दोस्रो इनास फिल्म अवार्डका साथ फिल्म महोत्सब मार्च २९ र ३० मा हुने छ ।

नेपाली चलचित्र क्षेत्रलाई विश्व बजारमा प्रवर्द्धन गर्ने र नेपाली कला र संस्कृतिका लागि इनासले खेल्नुपर्ने भूमिकाको बिषयमा र यस क्षेत्रसँग समबन्धित अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग अन्तर्कृया गर्ने उदेश्यका साथ महोत्सब गर्न लागिएको आयोजकले जानकारी गराएको छ ।

गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, युरोप क्षेत्रीय संयोजन परिषद, राष्ट्रिय परिषद नेदरल्याण्ड लगायत अन्य धेरै संघ संस्थाहरुको प्रतिनिधिसहित अन्य देशका राष्ट्रिय परिषदका पदाधिकारिहरु, नेपाली एकता समाज फ्रान्स, संस्कृति गृह फ्रान्स , एना बेल्जियम , मोना बेल्जियमसहित अन्य बिदेशी संघ संस्थाहरुका साथ कला र संस्कृतिसंग सम्बन्धित विषयमा बृहत छलफल गरिने आयोजकले जानकारी दिएको छ ।

उक्त महोत्सबमा नेपालका बरिष्ठ कलाकार निर बिक्रम शाहसहित अन्य कलाकारहरु, चलचित्र बिकास बोर्डका पदाधिकारीहरू समेतको उपस्थित रहने र सँगसंगै अन्य बिदेशी संघ संस्थाहरु समेतका प्रतिनिधिहरुसंग अन्तर्कृया गरिने समेत आयोजकले जानकारी गरायो ।
यस महोत्सबलाई बिदेशीहरुको समेत चासोको रुपमा लिएकाले अंग्रेजी फिल्म निर्माता दुर्इ हस्तीहरु डा म्याथब र डा मार्ता रोबिकोस्वासहित अन्य बिशिष्ठ ब्यक्तिहरुबाट सहभागी हुने र सहभागी हुनका लागि तथा महोत्सबलाई सफल बनाउन आ-आफ्नो क्षेत्रलाई लागि पर्न अनुरोध गरेको जानकारी प्राप्त भएको आयोजकले बताएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसहित नेदरल्याण्समा रहेका सबै जसो संघ संस्थाहरुको र अन्य मुलुकसहित नेदरल्याण्डसबासी नेपालीहरुको पूर्ण सहयोग र समर्थनमा हुन गैरहेको र युरोपस्तरिय नृत्य प्रतियोगिता समेत हुने छ ।
####

0 comments

Write Down Your Comment