लुम्बिनी जनरलको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
###
|
२५ फागुन, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने समय आज सकिदै छ । कम्पनीले प्रति १० कित्ता शेयर बराबर ६.२९६ कित्ता हकप्रद दिने गरी ९ लाख ६५ हजार ९ सय १० कित्ता हकप्रद निष्काशन गरेको थियो । कम्पनीको माघ १ गतेसम्म कायम साविक शेयरधनीहरुले मात्र हकप्रदका लागी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । हकप्रद निष्काशन तथा बिक्रीका लागी कम्पनीले एस क्यापिटल लिमिटेडलाई जिम्मा दिएको छ । कम्पनीको हकप्रद शेयरका लागी लालदरवारमा रहेको एस क्यापिटल लिमिटेड र एस डेभलपमेन्ट बैंक लिमिटेडमा फारम बुझाउन सकिने व्यवस्था गरिएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment