Women’s Day: जसले क्यान्सरलाई घुँडा टेकाए
###

 विश्वभर आज नारी दिवस मनाइँदैछ । यो दिनमा अरु दिनमा भन्दा बढी सम्मान गर्नुका साथै उनीहरुलाई हक अधिकारबारे जागरुक गरिन्छ । यसो त हरेक महिलाका लागि हरेक दिनको उत्तिकै महत्व रहन्छ । तर, पनि आजको दिन महिलाहरुलाई विशेष सम्मान दिइन्छ, जसले हाम्रो समाजमा केही राम्रो काम गरेको होस् । यस्ता कयौं महिला सेलिब्रेटीहरु छन्, जसले क्यान्सर जस्ता रोगलाई हराएर आफ्नो कला देखाएका छन् । उनीहरुको साहसलाई विश्वले सलाम गर्छ । उनीहरु मध्ये मनिषा कोइराला पनि एक हुन् । ९० को दशकमा बलिउडमा राम्रो स्थान जमाएकी मनिषा २०१२ मा क्यान्सरले थलिइन् । उनलाई अमेरिकामा लगेर उपचार गरियो र डिसम्बेरमा भएको सर्जरी सफल पनि भयो । क्यान्सरविरुद्धको लडाइ जितेर उनी अहिले फेरि बलिउड फर्कने तयारीमा छिन् । वाटर कसुर जस्ता चलचित्रमा काम गरेकी क्यानेडियन अभिनेत्री लिसा रेलाई पनि क्यान्सर भएको थियो । तर, उनले पनि यो लडाइ जितिन् । मोडलबाट अभिनेत्री बनेकी मेक्सिकन बारबरा मोरी ऋतिक रोशनसँग काईट फिल्मबाट बलिउडमा इन्ट्री गरिन् । यो फिल्मका कारण उनी चर्चामा पनि आइन् । तर, धेरै कमलाई थाहा होला कि उनले पनि क्यान्सर जस्तो खतरनाक रोगलाई हराइन् ।
####

0 comments

Write Down Your Comment