तेजाब : नयाँ हतियार
###

  इटहरी (सुनसरी), वैशाख १ - सुनसरीको पकली-७, पोखरयिाकी ज्ञानु चौधरी, २६, घरबाट निस्कनुअघि रुमालले अनुहार छोप्छिन् । दुई महिनाअघिसम्म शृंगार गरेर निस्कने चौधरीको दैनिकी तेजाबले नै 'नरक' बनाइदियो । २१ माघ ०७० का दिन पति ओरेन्जे हुसेनले तेजाब खन्याइदिएपछि उनी अनुहार लुकाएर जिउन बाध्य भएकी हुन् ।

तराईमा सहजै उपलब्ध हुने तेजाब आक्रमणबाट घाइते हुनेहरूको सूची लामै तयार हुन्छ । चौधरीलाई तेजाब आक्रमण भएको दुई दिनपछि नै सुनसरी हरनिगराकी एक किशोरीलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै स्थानीय ओमप्रकाश मेहताले तेजाबले आक्रमण गरे । प्रहरीले एक साताको खोजीपछि मेहतालाई पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला अदालत, सुनसरीमा मुद्दा दायर गरेको छ ।

पछिल्लो समयमा तराईमा तेजाब नयाँ हतियारका रूपमा नै प्रयोग हुन थालेको छ । यसबाट महिला सबैभन्दा पीडित हुने गरेका छन् । तर, पुरुषलाई पनि तेजाब खन्याएर घाइते बनाइन थालेपछि पूर्वी तराईमा तेजाबले नयाँ हतियारको रूप धारण गर्न थालेको हो । पहिले अरूमाथि आक्रमण गर्नु परे बन्दुक, तरबार, खुकुरीलगायत हतियार प्रयोग हुने गरे पनि पछिल्लो समय तेजाबले हतियारको स्थान लिन थालेको हो । खर्च कम, बोकेर जहाँ पनि सजिलै लैजान सकिने भएकाले घरायसी झगडा होस् या अन्य रसिइबी, आक्रमणको साधन तेजाब बन्ने गरेको छ ।

झापा, शनिश्चरे-६ की गोमा रमिाल, ३४, लाई स्थानीय दुई युवकले राम्रो 'रेस्पोन्स' नगरेको रसिमा १० फागुन ०६९ मा बाँसको कप्टेरामा तेजाब हालेर झ्यालबाट छिराएर अनुहारमा खन्याइदिए । घाइते भएकी उनको २९ असार ०७० मा निधन भयो । तेजाब आक्रमण गर्ने पासाङ तामाङ र सन्दीप पौडेललाई प्रहरीले तत्काल पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गर्‍यो । पीडित महिलाको मृत्यु भएपछि कर्तव्य ज्यान अन्तर्गत प्रहरीले मुद्दा अघि बढायो । हाल दुवै अभियुक्त पुर्पक्षका लागि थुनामा छन् ।

परपुरुषसँग बोलेको निहुँमा सप्तरी बकधुवा-७, महुलीका कृष्णबहादुर विश्वकर्मा गएको २८ जेठमा पत्नीको गुप्तांगमा तेजाब खन्याएर फरार भए । परपुरुषसँग गफ गरेको निहुँमा सोही राती कृष्णबहादुरले श्रीमती बद्रीमायाको गुप्तांगमा तेजाब खन्याएका थिए । तेजाबको पीडा सहन नसकेकी बद्रीमाया घरमा रुँदै गरेको सुनेपछि स्थानीय महिलाले उपचारार्थ अस्पताल पुर्‍याइदिएका थिए ।

स्थानीय महिला अधिकारकर्मी कुसुम आचार्यसहितका महिलाको सहयोगमा बद्रीमायाको एक दिन रायपुरस्थित युनिक अस्पतालमा उपचार भए पनि त्यहाँ सम्भव नभएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल रपिmर गरयिो । त्यहाँ करबि महिना दिनसम्म उपचार भयो । उनी अहिले घर फर्किएकी छन् । तर, उनले पतिका विरुद्धमा कुनै उजुरी दिइनन् । आफ्नो जिउने सहारा नै नभएपछि पीडा सहेर पनि उनी पतिकै शरणमा पुगेको आचार्य बताउँछिन् । पतिका विरुद्धमा उजुरी नगरेपछि प्रहरीले उनलाई कसुरदार मानेन । कृष्णबहादुर अहिले घरमै छन् ।

सुनसरीकी मानव अधिकारकर्मी तोया गिरीको अनुभवमा तेजाबका सबै घटना प्रहरीसम्म पुग्दैनन् । अंश, यौन, दाइजो र अतिरत्तिm सम्बन्धका विषय नै तेजाब आक्रमणको प्रमुख कारण भएको उनको ठम्याइ छ । कतिपय लेनदेनका व्यवहारमा समेत तेजाब आक्रमण हँुदै आएका छन् । व्यक्तिगत रसिइबीमा पनि तेजाब प्रयोग गरएिका उदाहरणहरू छन् । जस्तो ः झापा पाठामारीमा प्रदीपकुमार गणेशलाई प्रवीण हकले तेजाब आक्रमण गरे ।

विराटनगर-६ मा डेरा गरी बस्ने विमला दासले आफ्ना पति आशिषको अनुहारमा तेजाब खन्याइदिइन् । सधैँ मदिरा खाएर कुटपिट गर्ने र लुकाएर राखेको पैसा लिएर जाने पतिको बानीका कारण दिक्क भएकी उनले आँखामा हाल्ने औषधी हो भनेर झुक्याएर तेजाब हालिदिइन् । तेजाबले आशिषको अनुहार मात्र डढेन, देब्रे आँखा नै गुम्यो । अहिले उनी दाहिने आँखाको भरमा दैनिक ज्यालादारी गररिहेका छन् ।

भारतको उच्च न्यायालयले तेजाबलाई हतियारका रूपमा स्वीकार गर्दै यसको खुला बिक्री वितरणमा रोक लगाएको छ । तर, नेपालमा यसको खुला बिक्री हँुदै आएको छ । नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष तथा अधिवक्ता केदार भण्डारी मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नम्बर तेजाब प्रहारका घटनामा आकषिर्त हुने बताउँछन् । तर, प्रहरीले कतिपय घटनाको प्रकृति हेरेर सार्वजनिक, अंगभंगलगायत मुद्दा दर्ता गर्ने गरेको उनको भनाइ छ ।

पूर्व क्ष्ाेत्रीय प्रहरी कार्यालयका डीआईजी नवराज सिलवाल तेजाब आक्रमणका घटना वृद्धि हुनुमा यसको खुलेआम बिक्री नै मूल कारण रहेको ठोकुवा गर्छन् । "बिक्रीलाई व्यवस्थित बनाउन सके मात्र यस्ता घटनामा कमी आउँछ," उनी भन्छन्, "भएका घटनालाई ज्यान मार्ने उद्योग अन्तर्गत नै मुद्दा चलाउनुपर्छ र भइरहेको पनि छ ।"
####

0 comments

Write Down Your Comment