###
|
२३ चैत, काठमाडौं । नेपालीलाई विदेशमा लगानी खुला गर्ने व्यवस्थाबाट सरकार पछि हटेको छ । विदेशमा लगानी खुला गर्ने व्यवस्थासहितको ‘विदेशी लगानी नीति-२०७०’को मस्यौदालाई संशोधन गरी सरकारले तत्काललाई विदेशमा लगानी गर्न नपाइने नीति नै अख्तियारी गर्ने भएको हो । ‘विदेश लगानी नीति २०७०’को मस्यौदा तयार पारेको हो । नयाँ प्रस्तावित मस्यौदामा नेपालीले विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिएको छैन् ।
उद्योग मन्त्रालयले गत जेठमा तयार पारेको ‘विदेश लगानी नीति-२०७०’ को मस्यौदामा नेपाली कम्पनीलाई शुरुमा १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न दिइने उल्लेख गरिएको थियो । तर, निजी क्षेत्रको प्रतिनिधिमुलक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघलगायतले त्यसको चौतर्फी विरोध गरेको नेपाल समाचारपत्रमा खबर छ ।
निजी क्षेत्रको विरोधकै कारण विदेशमा लगानी खुला गर्ने व्यवस्थालाई हटाएको उद्योग मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘नीतिको अघिल्लो मस्यौदाले अख्तियारी गरेको विदेश लगानी गर्न दिने व्यवस्थाको चर्को विरोध आएको थियो,’ उनले भने, ‘सोही कारण विदेशमा लगानी खुला गर्ने व्यवस्थालाई नटाएर नयाँ मस्यौदा तयार पारिएको हो ।’ विदेशमा लगानी गर्ने विषयमा नयाँ मस्यौदा मौन हुनुको अर्थ नेपालीले तत्काल विदेशमा लगानी गर्न नपाइने नै भएको उनले बताए ।
####
.jpg)




0 comments
Write Down Your Comment