पश्चिम सेती आयोजना ल्याएरै छोड्छु : देउवा
###
|
८ कात्तिक, डडेल्धुरा । नेपाली काँग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले लोकतान्त्रिक संविधान बनाउनका लागि काँग्रेसको जित अपरिहार्य रहेको वताउनु भएको छ । उहाँले काँग्रेसले बुहमत नल्याउँदासम्म लोकतान्त्रिक संविधान बन्न नसक्ने भएकाले बहुमत दिन आग्रह गर्नु भयो ।
गृहजिल्ला डडेल्धुरामा शुक्रवार विभिन्न ठाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले देशको विकासका लागि पनि काँग्रेसलाई जित आवश्यक भएको दावी गर्नु भयो । एकीकृत माअेावादीले मध्यरातमा संविधानसभा जारी नै नगरी संविधानसभा विघटन गरेर जनतालाई धोका दिएको आरोप लगाउँदै देउवाले जनतासंग पार्टी डराउनु पर्नेमा उल्टै माओवादीले जनतालाई डर देखाएको वताउनुभयो ।
उहाँले जनतासंग दलहरु डराउने खालको पद्धतीको विकास गर्न काँग्रेसलाई मत दिनु पर्नेमा जोड दिनुभयो । डडेलधुराको क्षेत्र नं. १ का उमेदवार समेत रहनु भएका देउवाले जनतालाई बलियो बनाउने खालको संविधान बनाउनु आजको आवश्यकता भएको वताउनुभयो । देशको विकास गर्न काँग्रेसमात्रै सक्षम पार्टी भएकाले काँग्रेसलाई जिताएमा नयाँ संविधानसंगै विकास ल्याउन सजिलो हुने देउवाको भनाई थियो । देउवाले मुलुकमा अहिलेसम्म भएका सवै परिवर्तन र विकास काँग्रेसकै नेतृत्वमा भएको तर एमाओवादी लगायत अन्य पार्टीहरुले मुलुकलाई ध्वस्त पार्ने काम गरेको आरोप लगाउनुभयो ।
नेता देउवाले यस पटकको निर्वाचनमा काँग्रेसले सूदुरपश्चिमका २१ वटै क्षेत्रमा जित हासिल गर्ने दावी गर्नु भएको देउवाका प्रेस सहयोगी बद्री सिग्देलले जानकारी दिनुभयो । देउवाले पश्चिम सेती आयोजना ल्याएरै छोड्ने प्रतिबद्धता जनाउनुभयो । देउवाले काँग्रेसमा अहिले लहर आएको भन्दै चुनावमा काँग्रेसले बहुमत ल्याउने दावी पनि गर्नु भयो ।
####
.jpg)





0 comments
Write Down Your Comment