गुल्मीको हस्तिचौरको उजुङ्ग पालुखा हर्पुकोटमा नेकपा एमालेको चुनाबि सभा तथा घरदैलो अभियान सम्पन्न
###
|
गुल्मीको हस्तिचौरको उजुङ्ग पालुखा हर्पुकोटमा नेकपा एमालेको चुनाबि सभा तथा घरदैलो अभियान सम्पन्न भएको छ । सभालाई संबोधन गर्दै नेकपा एमाले क्षेत्र नं ३ का संबिधान सभा उमेद्वार गोकर्ण बिष्टले अबको नेपाली समाजको रुपान्तरण नेकपा एमालेको बिचार र सिद्धान्तले मात्र सम्भव भएकाले नेकपा एमालेलाई बिजय गराउन अनुरोध गर्नु भएको थियो ।
भेलामा नेकपा एमाले केन्द्रिय निर्वाचन कमिटी सदस्य कमल राज श्रेष्ट जिल्ला सचिवालय सदस्य लक्ष्मण बिष्ट, कृष्ण सुनार जिल्ला सल्लाहाकार सभापति दान बहादुर केशी, जिल्ला सदस्य दल बहादुर विक, टिका रेश्मी, युवा संघ जिल्ला अध्यक्ष कृष्ण बिक, क्षेत्रिय सदस्य जगत केशी लगायतले भेलामा मन्तव्य व्यक्त गर्नु भएको थियो । गाउँकमिटी अध्यक्ष राममल्ल ठकुरीको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । भेलामा हस्तिचौरको उजुङ्गमा एमाओवादी पार्टी परित्याग गरी हरि बहादुर खत्री, गिर बहादुर नेपाली, कर्ण बहादुर सारु तथा काङग्रेस पार्टी परित्याग गरि रेखा सारु दान बहादुर सारु, बोम बहादुर कुव्ांर, खड्ग बहादुर कार्की, जगत बोहोरा लगायत ५० जना भन्दा बढि एमालेमा प्रबेश गरेका छन् ।
त्यस्तै जैसिथोक वडा नं ९ गोपेका टोप बहादुर शाहि, मना पोख्रेल, कौशिला पोख्रेल, तुल्सा पोखरेल, गंगाराम पोखरेल, डिल बहादुर शाहि, शेर बहादुर थापा, बिमला खत्री लगाएतका पनि एमालेमा प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गर्ने सवैलाई नेकपा एमाले क्षेत्र नं ३ का संबिधान सभा उमेद्वार गोकर्ण बिष्टले स्वागत गर्नुभएको थियो । ...................................
नेकपा एमाले दर्लामचौर गाउँ कमिटी अन्तरगत वडा नं १ को भेला सम्पन्न भएको छ । गाउँकमिटीका अध्यक्ष श्रीर बहादुर कुवंरको अध्यक्षता तथा मुत्ति समाज क्षेत्रिय कमिटी अध्यक्ष लालमणि सुनारको उपस्थिती रहेको भेलाले प्रेम बहादुर नेपालीको संयोजकत्वमा १७ सदस्य निर्वाचन परिचालन कमिटी गठन गरेको छ । गाउँकमिटीका प्रमुख सल्लहाकार गुञ्जमान खड्काको अध्यक्षता रहेको भेलाको संचालन क्षेत्रिय कमिटी सदस्य राम बहादुर नेपालीले गर्नु भएको थियो ।
श्रोत हिरा ए सी फेसबुक
####
.jpg)





0 comments
Write Down Your Comment