###
|
काठमाडौं, कार्तिक ५ । विश्वकप क्रिकेट छनोट प्रतियोगिताको तयारीका क्रममा भारतमा रहेको नेपाली क्रिकेट टिम आफ्नो दोस्रो अभ्यास खेलमा विजयी भएको छ । अघिल्लो दिनको पराजयको बदला लिने क्रममा नेपालले दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएसनलाई ३६ रनले हरायो ।
पहिले ब्याटिङ गर्दै नेपालले प्रस्तुत गरेको १ सय ४९ रनको लक्ष्य पछ्याएको दिल्लीको टिम १ सय १२ रनमा समेटियो ।
नेपाललाई जित दिलाउने क्रममा सागर पुनले ४, बसन्त रेग्मीले ३ तथा जितेन्द्र मुखियाले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कप्तान पारस खड्काले ८० तथा प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेलले २५ रन जोडे ।
यसअघि पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।
भारत बसाईका क्रममा नेपालले ७ वटा अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ ।
नेपाल आगामी नोभेम्वरमा युएइमा हुने ट्वान्टी–२० र त्यसपछि न्यूजिल्याण्डमा हुने एक दिवसीय विश्वकप क्रिकेट छनोटको तयारीमा रहेको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment