###
|
४ कात्तिक, काठमाडौं । सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबलमा क्रिष्टियानो रोनाल्डो र जाल्टन इब्राहिमोभिच मध्ये एकलाई मैदानमा देख्न नपाइने भएको छ । विश्वकपको युरोपियन क्वालिफाइङ प्लेअफ ड्रमा पोर्चुगलले स्वीडेन प्रतिद्वन्द्वी पाएको छ । प्ले अफको विजेता मात्र विश्वकपमा पुग्नेछन् । स्वीडेन समूह सीको उपविजेता हो भने पोर्चुगल समूह एफको उपविजेता हुँदै प्ले अफका लागि छनोट भएको थियो ।
होम एण्ड अवे खेल १५ र १९ नोभेम्बरमा हुनेछ । पोर्चुगलका रोनाल्डो स्पेनिस जाइन्ट रियल मड्रिडबाट व्यवसायीक फुटबल खेल्छन् भने इब्राहिमोभिच फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनका फवार्ड हुन् । पूर्व विश्व विजेता फ्रान्सले मा युक्रेनको सामना गर्ने भएको छ भने गि्रसले रोमानिया र क्रेएसियाले आइसल्याण्ड प्रतिद्वन्द्वी पाएको छ । १९९८ को विश्वकप विजेता फ्रान्स स्पेन समूह विजेता बनेको समूह आईको उपविजेता हो ।
####
.jpg)




0 comments
Write Down Your Comment