वीरमा सिटीस्क्यान छैन
###
|
काठमाडौ, कार्तिक ८ - वीर अस्पतालमा तीन महिनादेखि सिटी स्क्यान मेसिन बिग्रेको छ । मेसिन नबन्दा उपचार प्रभावित भएको छ । इलेक्टि्रक सर्ट भएर बोर्ड जलेपछि सिटी स्क्यान मेसिनले तीन महिनादेखि काम नगर्दा बिरामीको उपचार प्रभावित भएको हो ।
मर्मत नगरिएको भन्दै रेडियोलोजी अन्तर्गत रेजिडेन्ट विद्यार्थी पिजी रेडियोलोजीका चिकित्सले काम गरेका छैनन् । मेसिन बिग्रँदा सिटी स्क्यानका लागि अन्यत्र रिफर पनि गर्न नसकिने बिरामीको निजी अस्पतालमा चर्को शुल्क तिरेर सिटी स्क्यान गरिएको छ भने उपचार गराउन नसक्ने विपन्न बिरामीलाई असर परेको छ । वीरमा उपचारका लागि अएकी पाल्पा मदनपोखराकी लक्ष्म्ाी अधिकारीले छोराको चार पटक मोडल अस्पतालबाट सिटी स्क्यान गरेको बताइन् ।
उपकरण मर्मतका लागि अस्पताल निर्देशक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स) का रजिस्ट्रारमार्फत उपकुलपतिसमक्ष फाइल पेु गरिसके पनि चासो नलिएको पण्डितले बताए । 'तीन महिना हुन लाग्यो कुनै जवाफ आएको छैन,' उनले भने । उपकरण नहुँदा र रेजिडेन्टले पनि आन्दोलन गरेकाले विभागले प्रदान गर्ने सेवामा असर परेको छ । विभागअन्तर्गत वरिष्ठ चिकित्सकहरूले ओपीडी सेवा सुचारु राखे पनि रेजिडेन्टहरूले कुनै काम गरेका छैनन् । उनीहरूले सेवा नदिँदा आकस्मिक र रात्रिकालीन ड्युटीमा रेडियोलोजिस्ट छैनन् । न्याम्समा विभिन्न तहमा गरी ८ जना रेजिडेन्ट अध्ययनरत विद्यार्थीले सिटी स्क्यान विषयमा अस्पताल निर्देशकसँग कुरा गरे पनि सुनुवाइ नगरेको उनीहरूले बताए ।
वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले मेसिन धेरै वर्ष पुरानो भएकाले मर्मत गरेर चलाउनुभन्दा नयाँ मेसिन झिकाउन पहल भइरहेको बताए । निजी र सरकारी अस्पतालमा अत्याधुनिक १२८ स्लाइस सिटी आइसकेको जनाउँदै वीरले पुरानो र सिंंगल स्लाइस चलाइरहेको उनले बताए ।
-प्रशिक्षार्थी)
####
.jpg)





0 comments
Write Down Your Comment