###
|
६ कात्तिक, भोजपुर । जिल्लाको पूर्वी च्याङ्ग्रे गाविसमा एकिकृत माओवादीका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि कुटपिट गरेका छन् । एकिकृत माओवादीको चुनावी सभा सुन्न गएका तरुण दलका स्थानीय कार्यकर्ता सन्तोष कोइरालामाथि एमाओवादीका कार्यकर्ताले कुटपिट गरेपछि दुवैपक्षबीच झडप समेत भएको थियो । एमाओवादीका कार्यकर्ताको कुटपिटबाट तरुण दलका कार्यकर्ताहरु सन्तोष कोइराला र जनम फुयाँल घाइते भएका छन् ।
एमाओवादी कार्यकर्ता कुटपिटमा उत्रेपछि कांग्रेस कार्यकर्ताहरु प्रतिकारमा उत्रेका थिए । प्रतिकारका क्रममा माओवादी कार्यकर्ताहरु डेगराज मगर र समीर राई पनि सामन्य घाइते भएका छन्। घाइते सबैको उप स्वास्थ्य चौकी च्याङ्ग्रेमा उपचार भइरहेको छ । एमाओवादी कार्यकर्ताले कांगे्रेस कार्यकर्तामाथि कुटपिट गरेको खवर पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेर अवस्थालाई नियन्त्रणमा लिएको भोजपुरका प्रहरी नायव उपरीक्षक नान्तीराज गुरुङले बताउनुभयो ।
कांग्रेस भोजपुरका सभापति तथा क्षेत्र नं. २ का उम्मेदवार बालकृष्ण थापाले आफ्ना कार्यकर्तालाई एमाओवादी कार्यकर्ताले विद्यालयमा थुनेर कुटपिट गरेको बताउनुभयो । एकिकृत माओवादीले भने आफूहरुको चुनावी सभा विथोल्न खोज्दै कांगे्रस कार्यकर्ता आएपछि आफूहरुले त्यसलाई रोक्नमात्र खोजेको जनाएको छ । आफ्नो तर्फबाट कसैलाई पनि आक्रमण नगरेको जनाउादै माओवादीले कांग्रेस कार्यकर्ताहरूले उल्टै आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको जनाएको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment