###
|
१५ कात्तिक, काठमाडौं । मैदानको अभावमा ट्वान्टी-२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले शुक्रबार अभ्यास गर्न सकेन । भारतमा सात अभ्यास खेल खेलेर बिहीबार स्वदेश फर्किएको नेपाली टोली अभ्यासका लागि शुक्रबार कीर्तिपुर पुगेको थियो । तर, क्षेत्र नम्बर ३ काठमाडौंका लागि यू-१९ क्षेत्रीय छनोट खेल भइरहेका कारण नेपाली टोलीले अभ्यास गर्न पाएन । ‘
मैदानको अभावमा हामीले आज अभ्यास गर्न पाएनौं’ कप्तान पारस खड्काले अनलाइनखबरसँग भन्नुभयो-’हरौं अब भोलि उपलब्ध गराउँछ कि ?’ कप्तान पारसले क्रिकेट एसोसिएसन अफ नेपालको भूमिका प्रति अनि असन्तुष्टी जनाउनुभयो । ‘क्यानले सहयोग गरेको छ, तर यो पर्याप्त छैन’ उहाँले भन्नुभयो-’हामी खेलाडीले आफ्नो तर्फबाट सतप्रतिशत दिँदै आएका छौं । तर, विश्वकप छनोट खेल्न जान लागेको टोलीले अभ्यासका लागि मैदान नै नपाउनु निराशाजनक हो ।’ कप्तान खड्काले खेलाडीलाई आधारभूत आवश्यकता पूरा गर्न नसक्ने भए ठूलो उपलब्धीबारे नसोच्न आग्रह समेत गर्नुभयो ।
####
.jpg)




0 comments
Write Down Your Comment