चालकलाई ‘गाडीभित्रै’ राखेर गाडीमा आगजनी (भिडियोसहित)
###
|
धादिङ, कार्तिक १५ । एकीकृत माओवादीको प्रचार सामाग्री लिएर धादिङको क्षेत्र नम्बर १ तर्फ जाँदै गरेको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । सदरमुकाम धादिङबेसीबाट एमाओवादी उम्मेदवार पुष्पविक्रम मल्लको प्रचार सामाग्री बोकेर जाँदै गरेको गाडीमा मुरलीभञ्ज्याङ गाविस वडा नम्बर ४ स्थित अलैचेमा आगजनी गरिएको हो ।
पेस्तोलसहित आएका दुई जनाले आफूलाई गाडीबाट ओर्लनै नदिई पेट्रोल छर्केर आगो लगाइदिएको र आफू ढोका फोडेर बाहिर निस्केको गाडीका चालकले बताएका छन् ।
गाडी जलेर पूर्ण रुपले नष्ट भएको छ ।
नेकपा–माओवादीले भने घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको दाबी गरेको छ ।
####
.jpg)




0 comments
Write Down Your Comment