टर्कीले सिरियाको एउटा विमान माथी आक्रमण गरेर आकाशबाट खसाल्यो
###

 ओएस नेपाल-१० चैत । आफ्नो हवाई सीमा उल्लंघन गरेको भन्दै टर्कीले सिरियाको एउटा विमान लाई आकाशबाट खसाली दिएको छ। बारम्बार चेतावनी दिँदादिँदै पनि सिरियाले हवाई सीमा उल्लंघन गरेकाले आफ्ना सेनाले विमान खसालिदिएको प्रधानमन्त्री रेजेप ताईपले बताए ।

प्रधानमन्त्री अर्दोआनले अझै पनि हवाई सीमा उल्लंघन गरिरहे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी सिरियालाई दिएका छन् । सिरियाले भने विमान आफ्नै आकाशमा उडेको र हवाई सीमा उल्लंघन नगरेको भन्दै टर्कीले जानी जानी आक्रमण गरेर खसालेको आरोप लगाएको छ ।
 
####

0 comments

Write Down Your Comment