वेनिशालाई भेट्दा बेहोसी भए भूवन
###

 सभासद पद चिप्लिएपछि खासै मिडियाको चर्चामा नआएका नायक भूवन केसीले हालै मात्र एक म्यूजिक भिडियोमा अभिनय गरेका छन् । शैलेश शर्माको आवाजमा समावेश ‘बेहोसी भए म मदहोशी भए म’ बोलको गीतमा भूवनको अभिनय हेर्न सकिन्छ । भूवनको साथमा भिडियोमा वेनिशा हमालको पनि अभियन छ । ‘मैखाना’ एल्बममा समावेश यो गीतको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

हरी हुँमागाइले छायांकन गरेको भिडियो नुतन स्टूडियोमा खिचिएको छ । अष्ट्रेलियाका विभिन्न शहरमा आफ्नो लाइफ प्रस्तुती दिइसकेका गायक शैलेश शर्माको यो गीतले चर्चा पाउने विश्वास गरिएको छ । चलचित्रको पर्दामा खासै छाउन छोडेपछि दर्शकको नजरमा पर्न भूवनले भिडियो खेलेको अड्कल काटिएको छ


####

0 comments

Write Down Your Comment