पूजना र शुभेच्छालाई लिएर विराजको पर्खाई
###

 निर्देशक राजु गिरी यतिबेला नयाँ चलचित्र ‘यूवराज’को तयारीमा व्यस्त छन् । नायक विराज भट्टलाई शिर्ष भूमिकामा खेलाउनको लागि राजु र निर्माता जीके शर्माको दौडधुप खुबै देखिएको छ ।
विराज पक्का हुने वित्तिकै चलचित्रको छायांकन नेपाल र दुबइमा हुनेछ । चलचित्रका लागि कलाकारद्धय पूजना स्त्रि र शुभेच्छा थापा पक्का भैसकेका छन् । निर्माता जीके शर्माले पनि ‘यूवराज’मा अभिनय गर्नेछन् ।
नायिकाको रुपमा भने निशा अधिकारीलाई प्रस्ताव गरिएतापनि फाइनल भैसकेको छैन । चलचित्रको गीत रेकडिङ कार्य आजबाट सुरु भएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिपि्रयले गीत रेकडिङको उद्घाटन गरे ।
चलचित्रमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । ‘यूवराज’लाई माया प्रेम र द्वन्द्वको मेल भनिएको छ ।

####

0 comments

Write Down Your Comment