गगन थापाले धाँधली गरेर चुनाव जितेको भन्दै अदालतमा उजुरी
###

काठमाडौं, मंसिर २० - काठमाडौं क्षेत्र नम्बर ४ का एकीकृत नेकपा माओवादीका पराजित उम्मेदवार नन्दकिशोर पुन पासाङले फेरि चुनावको माग गर्दै संविधासनभा अदालतमा उजुरी गर्नुभएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले धाँधली गरेर चुनाव जितेको भन्दै पासाङले फेरि चुनाव गर्नु माग गर्नु भएको छ । धाँधली गरेर आफूलाई हराइएको उहाँको दावी छ । संविधानसभा चुनावमा पासाङ्ग काठमाडौं क्षेत्रनम्बर ४ मा ६ हजार ४ सय ६२ मत ल्याउँदै तेश्रो स्थानमा रहनुभएको थियो ।
विजेता गगन थापाले २२ हजार ३ सय ३६ मत ल्याउनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निर्मल कुइँकेलले ९ हजार १ सय ३५ मत ल्याउनु भएको थियो ।


####

,

0 comments

Write Down Your Comment